बिन्ध्यबासिनी हाइड्रोपावरकाे आईपीओ आज देखि सर्वसाधारणका लागि खुल्ला

upcoming ipo

ज्ञानमाण्डू। बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते (आज) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुल्ला गर्ने भएको छ । सर्वसाधारणहरुले आईपीओ खरिदका लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा असार ३ गते सम्म आवेदन म्याद थपिने कम्पनीले जनाएको छ।

कम्पनीले निष्कासन गर्न लागेको कुल १५ लाख कित्ता मध्ये ६० हजार कित्ता अर्थात् ४ प्रतिशत शेयर कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको कम्पनीको भनाइ छ । यी बाहेक बाँकी १३ लाख ६५ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरूका लागि विक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

सो कम्पनीको अनुसार सर्वसाधारणले प्रतिकित्ता रु.१०० अङ्कित दरले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको जनाएको छ ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x