३ अर्ब माथि नाफा गर्न सफल प्राइम कमर्सियल बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

prime commercial bank

ज्ञानमाण्डू। प्राइम कमर्सियल बैङ्कको नाफा ४४.५६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब २५ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१६ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैङ्कले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब रुपैयाँ र संचित मुनाफा २ अर्ब ७७ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २८.२६ प्रतिशतले बढेर ५ अर्ब ९५ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २ अर्ब ६६ कराेड रुपैयाँ रहेकाे छ अर्थात प्राइम कमर्सियल बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट १६.५५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.१९ प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ २४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा र पछिल्लाे काराेबार मूल्य रू ५१५ काे आधारमा मूल्य आम्दानी अनुपात २५.४४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x