कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु

ज्ञानमाण्डू।भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । तामाङ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए ।

तामाङकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । संयोजक डा पौडेलका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । 

असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x