पिपुल्स पावर लिमिटेडको आईपीओ आज देखि खुल्ला, क-कसले दिन पाउँछ आवेदन ?


ज्ञानमाण्डू। पिपुल्स पावर लिमिटेडले असार ८ गते (आज) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्र अर्थात् इलाम जिल्ला इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका सम्पूर्ण बासिन्दाहरूका लागि आईपीओ विक्री गर्न लागेको हो।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५० हजार तोकेको छ। सो कम्पनीले रु. ६३ करोड २३ लाखको १० प्रतिशतले हुन आउने बराबरको प्रतिकित्ता रु.१०० अङ्कित दरका ६ लाख ३२ हजार ६ सय कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

यस कम्पनी अनुसार इलाम जिल्लाकाे इलाम नगरपालिका वडा नं. १ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १ लाख ८९ हजार ७८० कित्ता र त्यस बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) असार २२ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलोमा साउन ५ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट र यसका साथ-साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x