ट्रमा सेन्टरमा औषधालय विस्तार गरिने

ज्ञानमाण्डू।राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ । अस्पताल प्रशासनले एउटा शल्यक्रिया कक्ष नजिक, एउटा आकस्मिक कक्ष र अर्को गेटबाट छिर्नासाथ पसल स्थापना गर्ने जनाएको छ । माथिल्लो तहमा रहेका पसलले अस्पतालमा रहेका बिरामीलाई थप सहज हुने अस्पतालका कामु प्रमुख मेडिकल सुपरटेन्डेन्ट प्रमोदकुमार यादवले बताए । अस्पताल प्रवेश गर्नासाथको पसल यहाँका बिरामी मात्रै नभएर बाहिरबाट आएका बिरामीलाई समेत लक्षित हुने उनको भनाइ छ । 

अस्पतालले सहुलियत दरमा औषधि बिक्री गर्दासमेत त्यो रकम अस्पतालका लागि आन्तरिक आम्दानी हुनसक्ने उनले बताए । यादवका अनुसार उक्त आम्दानी अस्पतालले दैनिक ज्यालादारी कर्मचारीको सुविधामा वा अस्पतालकै लागि खर्च गर्न सक्नेछ । उनले भने , “बाहिर उपचार गराइरहेका बिरामीलाई समेत सहुलियतमा औषधि पाउने हुँदा सहज हुनसक्छ ।” 

अस्पतालमा अहिले रहेको औषधि पसल बाहिरबाट देखिने ठाउँमा नभएकाले गेटबाहिरैबाट देखिने स्थानमा सार्ने तयारी भइरहेको पनि यादवले बताए । बाहिर महँगो क्लिनिक वा नर्सिङ होममा उपचार गराइरहेका बिरामीसमेत सस्तो मूल्यमा औषधि किन्न अस्पताल आउने विश्वास गरिएको छ । 

विभिन्न खालका घाइतेको एकै ठाउँमा उपचार गर्ने उद्देश्यले स्थापना भएको सो अस्पताल विस्तार र स्तरोन्नतिको समेत तयारी भइरहेको छ । सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना हुँदा यसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै जाने लक्ष्य लिइएको अस्पताल प्रशासनले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x