गण्डकी विकास बैंक गाभेकाे मेगा बैंकको नाफा १ अर्ब ५२ करोड

ज्ञानमाण्डू। गण्डकी विकास बैंक गाभेकाे मेगा बैंकको नाफा ६.६३ प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममाबैङ्कले १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । 

 
१३ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मेगा बैंकले १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ११ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३ अर्ब ७९ कराेडबाट बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेकाे छ ।
 
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ र निष्कृय कर्जा अनुपात १.२० प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९९ पैसा छ र मूल्य आम्दानी अनुपात १४.४२ गुणा छ ।

Mega Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x