भरतपुर–लुम्बिनी कार र्‍याली हुँदै

ज्ञानमाण्डू।नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार र्‍याली आयोजना गर्ने भएको छ । महानगरको पर्यटन प्रवर्द्धन गर्ने ध्येयले यही फागुन १० गते ‘भरतपुर–लुम्बिनी कार र्‍याली’ आयोजना हुन लागेको बुधवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘चितवन घुम्न जाऊँ ’भन्ने सन्देश दिन र्‍याली आयोजना गर्न लागिएको महानगर प्रमुख रेणु दाहालले बताइन् । बुटवल र भरतपुर नगरको पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए । र्‍यालीमा १५० कार सहभागी हुने अपेक्षा गरिएको छ । पर्यटकीय गन्तव्य प्रचार गर्न खोजिएको पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले जानकारी दिए । भरतपुर महानगरभित्र २९ वटा मुख्य पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । मेघौली, पटिहानी, बीसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वरब्लक, नारायणी नदीबीच मोडेल तथा चौकीडाँडा महानगरको प्रमुख सात केन्द्र रहेका छन् ।

सङ्घीय सरकारको १०० गन्तव्यमा सूचीकृत बीसहजारी ताल, पटिहानी तथा वाग्मती प्रदेश सरकारको १० पर्यटकीय गन्तव्यमध्ये सूचीकृत मेघौली पनि महानगर भित्रै पर्दछ । महानगरले पर्यटन प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा ३२ वटा क्रियाकलाप गर्ने योजना बनाएकामध्ये हालसम्म १० वटा कार्यक्रम सम्पन्न भइसकेका छन् । भ्रमण वर्षलाई लक्षित गर्दै महानगरभित्र रहेका पर्यटकीय होटेलमा विशेष छुटको कार्यक्रमसमेत सुरु गरिएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x