हिउँमा रमाउँदै स्थानीयवासी

ज्ञानमाण्डू।जिल्ला सदरमुकाम सिलगढीमा २५ वर्षपछि हिमपात भएको छ । सदरमुकाममै हिमपात भएपछि स्थानीयवासी हिउँमा रमाइरहेका छन् । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, राजपुर क्षेत्रका स्थानीयवासी हिउँ खेल्न जिल्ला सदरमुकाम सिलगढी आइरहेका छन् । हिउँमा चिप्लेटी खेल्ने तथा हिउँमा रमाउन आएकाहरूका कारण जिल्ला सदरमुकाम सिलगढीमा अहिले चहलपहल बढेको छ । सदरमुकाममा मात्रै करिब आधा फिट हिउँ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

हिमपातसँगै जिल्लामा अहिले हल्का वर्षसमेत भइरहेको छ । हिमपातसँगै चिसो बढेपछि यहाँको जन जीवन निकै प्रभावित बनेको हो । बिहीबार रातिदेखि भइरहेको हिमपातका कारण सुदूरपश्चिमका डोटीसहित अन्य पहाडी र हिमाली जिल्लाको जन जीवन कष्टकर बनेको छ । जिल्लाका लेकाली भेगमा बिहीबारदेखि भारी हिमपात भइरहेको हो । 

हिमपातका कारण एकाएक चिसो बढेपछि स्थानीयवासी लाई घर बाहिर निस्किनसमेत मुस्किल परिरहेको सिलगढीका स्थानीयवासी सिद्धराज जोशीले बताए । भारी हिमपातका कारण डोटीका लेकाली बस्तीहरू अहिले हिउँले सेताम्य भएका छन् । 

जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदारधुरा, उदैनीलगायतका उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परेको स्थानीय दीपकबहादुर खड्काले जनाए । उनका अनुसार ती क्षेत्रमा बाक्लो हिमपातका कारण स्थानीयवासीले गाईबस्तुसमेत चराउन गोठ बाहिर निकाल्न सकेका छैनन् । त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा करिब तीन फिट जति हिउँ परेको नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल रापजुरले जनाएको छ । 

त्यस्तै अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्गमा पनि हिमपात सुरु भएको छ । बाक्लो हिमपात जारी रहे राजमार्ग अवरुद्ध हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख अशोक खड्काले जानकारी दिए । यस वर्ष डोटीमा तेस्रो पटक हिमपात भएको हो । बाक्लो हिउँ परेपछि यहाँका पानी नलाग्ने उच्च लेकाली क्षेत्रमा खेती सप्रिने आशामा किसान खुसी भएका छन् । 

बाक्लो हिमपात भएपछि खप्तड आसपास क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन् । हिमपातसँगै चिसो बढेपछि वृद्ध तथा बालबालिकामा ज्वरो, निमोनिया, रुघाखोकीजस्ता समस्याले सताएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेण्डेण्ड डा ज्योति पाण्डेले जानकारी दिए । उनका अनुसार अहिले अस्पतालमा कम्तीमा पनि ३० सम्म बिरामी भर्ना भएका छन् । 

हिमपातले चिसो बढेकाले घर बाहिर ननिस्कन तथा झोलिलो खानेकुरा खान चिकित्सकले सबैमा सल्लाह दिएका छन् । त्यस्तै सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम, डडेलधुरा तथा दार्चुला जिल्लामा बिहीबार रातिदेखि भारी हिमपात भइरहेको छ । हिमपातकै कारण बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार दिउँसोदेखि फेरि हिमपात भएको हो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x