जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क घट्यो, नाफामा भने उल्लेख्य सुधार

ज्ञानमाण्डू।जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। इन्स्योरेन्सको समग्र वित्तीय विवरणका परिसूचकहरू मूल्यांकन गर्दा इन्स्योरेन्सको प्रमुख वित्तीय सूचकहरुमा उल्लेख्य सुधार आएको देख्न सकिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले ३ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले २ करोड २४ लाख रुपैयाँ अर्थात १५९ दशमलव ३६ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको हो।

आ. व. २०७७/७८ को दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ११ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सले १३ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९ दशमलव ८८ प्रतिशतले घटेको छ।

१ अर्ब चुक्ता पूँजी रहेको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको जगेडा कोषमा ६ करोड ६२ लाख रुपैयाँ, बीमा कोषमा ७ करोड ४८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ हुँदा जगेडा कोषमा ३ करोड ४६ लाख रुपैयाँ, बीमा कोषमा ३ करोड ८५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३८ लाख रुपैयाँ सञ्चित थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा इन्स्योरेन्सले ४२ हजार ७ सय १५ बीमालेख जारी गरी ३५ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सले १७९ दाबी बापत ७ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ४ सय ९५ दाबी बापतको २५ करोड ६३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्म आइपुग्दा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८१ दशमलव ९६ गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x