ग्लोबल आइएमई बैङ्कको खुद ब्याज आम्दानीमा ३६.९३ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता?

ग्लोबल आइएमई बैङ्कको नाफा ६.९५ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
 
२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले २ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ११ अर्ब ५९ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३६.९३ प्रतिशतले बढेर ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात २.१० प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात १२.५७ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x