विश्व इतिहासमा आज

आज विश्वमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाहरू:

मार्टिन लुथर किंग दिवस: सन् १९८२ अमेरिका तत्कालिन राष्ट्रपति रोनाल्ड रेगनले नागरिक अधिकार आन्दोलनका अभियन्ता मार्टिन लुथर किंगको सम्झनामा अमेरिकी सदमा विशेष दिन घोषणा गर्न एउटा प्रस्ताव गरेका थिए । जसअनुसार अमेरिकामा हरेक वर्षको जनवरीको तेस्रो सोमवार मार्टिन लुथर किंग दिवस मनाइन्छ ।

साउदीमा कु: सन् १९६४ मा फैसल बिन अब्दुल अजिजले आफ्नै भाईलाई अपदस्थ गरेका थिए । आफ्ना सौताने भाई किङ साउद विदेश उपचार जाँदा अब्दुलले सत्ता हातमा लिएका थिए ।

सीबीसीको स्थापना: सन् १९३८ मा क्यानडाको सरकारी प्रसारण माध्यम क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन स्थापन भएको थियो । सीबीसी क्यानडाको सरकारी रेडियो तथा टेलिभिजन प्रसारक हो ।

इथोपियाको पहिलो शासक: सन् १९३० मा हेली सिलेसी प्रथम इथोपियाका पहिलो शासक बनेका थिए । राष्ट्रफरी आन्दोलनका नेता सिलेसीले इथोपियामा ४४ वर्ष शासन गरेका थिए ।

कार्टर अमेरिकाको ३९ औं राष्ट्रपति: सन् १९७६ मा जिम्मी कार्टर अमेरिकाको ३९औं राष्ट्रपतिमा निर्वाचित भएका थिए  । कार्टरले झिनो मत अन्तरले रिपब्लिकन नेता जिराल्ड आर फोर्डलाई पराजित गरेका थिए ।  कार्टरले सन् २००२ मा शान्तिका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x