संसारको एक मात्र यहुदी देश इजरायलका अनौठा तथ्यहरू

इजरायल संसारका साना देशहरू मध्य पर्दछ, तर सैन्य शक्तिको हिसाबले यो सानो देश शक्तिशाली देशको सूचीमा आउँछ। इजरायलको स्थापना १४ मे १९४८ मा भएको थियो। यो संसारको एक मात्र यहुदी देश हो र चारै तिरबाट शत्रुबाट घेरिएको छ।

इजरायल को स्थापना हुनु भन्दा पहिले सो ठाउँमा बेलायतको नियन्त्रण थियो। दुई दशक भन्दा लामो ब्रिटिस शासन १९५७ मा अन्त्य भए सँगै संयुक्त राष्ट्र सङ्घले प्यालेस्टाइनलाई दुई भागमा विभाजन गर्ने प्रस्ताव राख्यो। एउटा यहुदी राज्य र अर्को अरब राज्य। यसरी यहुदी राष्ट्र इजरायलको स्थापना भयो।

स्थापनाको समयमा त्यहाँ को जमिनमा नत कुनै पानीको व्यवस्था थियो नत अन्न उब्जाउन सकिन्थ्यो। तर यहूदिहरूको कडा परिश्रम अनि मेहनतले साथै प्रविधिको तीव्र विकासले चाँडो नै खाद्यान्नको मामलामा इजरायल आत्मनिर्भर बन्यो।

धेरै ठुलो सङ्घर्ष अनि दुःखले १९४८ मा अस्तित्वमा आएको यो देश अरब देशहरूको लागि सबै भन्दा ठुलो दुस्मन थियो। सानो तर आफ्नो अस्तित्वको लागि जे सुकै गर्न तयार यो सानो देशले सबै अरब देशलाई टक्कर दिन्छ अनि आवश्यक परेको खण्डमा सबै खाले कदम उठाउँछ। निकै दुःख अनि परिश्रमले बनेको यो सानो अनि एक मात्र यहुदी देश इजरायल आज सबै खाले सूचकाङ्कमा संसारका राम्रा देश मध्य पर्दछ।

मध्य पूर्वमा रहेको यो देशको बारेमा आज हामी यस्ता धेरै कुरा जान्नेछौ जून तपाईँलाई पहिले थाहा नभएको पनि हुन सक्छ, आउनुहोस् सुरु गरौँ।

१. संसारको एक मात्र यहुदी देश इजरायलमा हिब्रु भाषा बोलिन्छ, यो भाषा एक पटक लगभग लुप्त भएर पुनर्जन्म पाएको भाषा हो। अरब अनि इजरायलको सम्बन्ध सधैँ खराब भए पनि हिब्रु सँगै अरबी पनि यहाँको आधिकारिक भाषा हो।

२. जम्मा २२१४५ Square kilometers क्षेत्रफल भएको यो देशको जनसङ्ख्या करिब ९३ लाख मात्र छ।

३. महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन लाई १९५२ मा इजरायलको राष्ट्रपति बन्ने प्रस्ताव गरिएको थियो तर उनले 'अनुभव र प्राकृतिक क्षमताको कमी' भन्ने कारण देखाउँदै यो प्रस्ताव अस्वीकार गरेका थिए। स्मरण रहोस् अल्बर्ट आइंस्टीन आफै एक यहुदी थिए।

४. इजरायलको मुद्रामा ब्रेल लिपि प्रिन्ट हुन्छ त्यसैले यसलाई दृष्टिविहीनहरूले पनि सजिलै पढ्न वा चिन्न सक्छन्।

५. हाइ स्कुलको अध्ययन सके पछि सो देशका सबै  नागरिकले  सेनाको तालिम अनिवार्य रूपमा लिनु पर्दछ। यो अवधि महिलाको लागि २ वर्ष छ भने पुरुषको लागि तीन वर्ष।

६. इजरायल आफ्नै सेटेलाइट सिस्टम हुने कम राष्ट्रहरू मध्य पर्दछ। यो प्रविधिको प्रयोग इजरायलले ड्रोन उडाउने काममा बढी गर्दछ।

७. Anti-ballistic missile रक्षा प्रणालीबाट इजरायल पूर्ण रूपमा सुरक्षित छ र यो रक्षा प्रणालीबाट पूर्ण रूपमा सुसज्जित हुने यो एक मात्र देश हो। यो यस्तो रक्षा प्रणाली हो जसमा इजरायलमा प्रहार हुने सबै मिसाइलहरू आकाशमा नै नष्ट हुन्छन्।

८. आफ्नो स्थापना देखी इजरायलले करिब ८ ठुला युद्ध लडेको छ र सबैजसोमा उसलाई स्पष्ट जीत मिलेको छ। किनकि सानो देश हुँदा हुँदै पनि यहाँको वायुसेवा संसारकै  छैटौँ शक्तिशाली नम्बरमा पर्दछ।

९. संसारका पहिलो फोन मोटोरोला कम्पनीले इजरायलमा बनाएको थियो। माइक्रोसफ्टको लागि पहिलो पेन्टियम चिप पनि यही बनाइएको थियो र संसारको पहिलो एन्टिभाइरस पनि १९७९ मा यही देशमा बनाइएको थियो।

१०. आफ्नो देशलाई आवश्यक पर्ने करिब ९३% खाद्यान्न इजरायलले आफै उत्पादन गर्दछ। पिउने पानीको लागि यहाँ समुन्द्रको पानी फिल्टर गरिन्छ। कृषि उत्पादनको क्षेत्रमा यहाँ अनौठो वृद्धि भएको छ। करिब २५ वर्ष भन्दा पहिलेको तुलनामा यहाँ अहिले करिब ७ गुणा बढी उत्पादन हुन्छ तर यो उत्पादनमा प्रयोग हुने पानीको मात्रा आज पनि त्यत्ति नै छ।

११. प्रत्येक १० मध्य ९ घरमा यहाँ सूर्य को ऊर्जाको उपयोग हुन्छ। यो ऊर्जा मुख्य गरी पानी तताउन प्रयोग गरिन्छ।

१२. पुरै इजरायल भरी मात्र ४० वटा किताब स्टोर छन्। किनकि सरकारले सबैलाई किताब उपलब्ध गराउँछ। यहाँ प्रकाशित हुने प्रत्येक किताबको एक प्रति यहुदी राष्ट्रिय विश्वविद्यालय पुस्तकालयमा राखिन्छ।

१३. अचम्मको कुरा के छ भने इजरायल भन्दा बाहिर जन्मने कुनै पनि यहुदी व्यक्ति स्वतः इजरायलको नागरिक बन्दछ यदि उसलाई त्यहाँ गएर बस्ने इच्छा भयो भने कुनै पनि समय जान सक्दछ।

१४. सुँगुर पालन इजरायलमा गैरकानुनी हो। साथै कुनै पनि यहुदी परिकारमा सुँगुरको मासु प्रतिबन्धित छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x