खुद ब्याज आम्दानी घटेसँगै आदर्श नेपाल लघुवित्तको नाफामा ४७.८३ प्रतिशतको गिरावट

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४७.८३ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले  ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आदर्श लघुवित्तले २८ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आदर्श लघुवित्तले ११ करोड ५२ लाख रुपैयाँ सापटी लिएको छ ।


आदर्श लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.६५ प्रतिशतले घटेर ४७ लाख ३० हजार रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.४७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा छ र मूल्य आम्दानी अनुपात ४७ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x