महासङ्घमा उच्चस्तरीय विज्ञ समूह गठन

नेपाल उद्योग वाणिज्य महासङ्घमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासङ्घद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका विशिष्ट व्यक्तित्वहरू संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो ।


उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुङ्गाना, अर्थ विदहरु केशव आचार्य, डा. कल्पना खनाल र डा. गणेश गुरुङ हुनुहुन्छ ।

विज्ञ समूहको पहिलो बैठक मङ्गलवार महासङ्घको सचिवालयमा बस्यो । विज्ञ समूहको गठनबाट महासङ्घका सल्लाह सुझावलाई प्रभावकारी रूपमा सरकारमा पेस गर्न थप सहयोग पुग्ने विश्वास महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभयो ।


पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैङ्क र सरकारले निजी क्षेत्रको विश्वास बढाउनु पर्नेमा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x