महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ सम्पन्न, विजेता प्राइम कमर्सियल बैङ्क

महालक्ष्मी  विकास बैङ्कले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । यही जेठ २० गते शनिवार देखि २२ गते सोमबार (तिन दिन) सम्म डामाडोल स्थित बलपार्क इनडोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैङ्क लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैङ्कले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैङ्क तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्ययतामा बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैङ्क, द्वितीय माछापुच्छ्रे बैङ्क, उत्कृष्ट फिल्डर एनआईसी एसिया बैङ्कका सञ्जय गिरी , उत्कृष्ट विकेट – किपर एनआईसी एसिया बैङ्कका रितेश अधिकारी, उत्कृष्ट बलर कामना सेवा विकास बैङ्कका छितेन दोर्जे शेर्पा, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैङ्कका शमिर थापा क्षेत्री, उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैङ्कका क्रितार्थ शाक्य लगायत ३१ खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरेको छ । । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बम बहादुर मिश्र र महालक्ष्मी  विकास बैङ्क लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रूपमा ट्रफी तथा मेडल प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बम बहादुर मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैङ्क तथा वित्तीय संस्थाहरू बिच भाइचारा, आत्मीयता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरूलाई बैङ्किङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरूलाई मनोरञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा बोल्दै महालक्ष्मी  विकास बैङ्क लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वाभाविक प्रक्रिया रहेको र यस्ता खेलहरूले कर्मचारीहरूमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने हुदा समय समयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो ।

२९ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैङ्कले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ ।  यस २८ वर्षको दौरानमा प्राप्त सहयोग प्रति बैङ्क आभारी रहेको कुरा बैङ्कले जनाएको छ । आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि सो बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैङ्किङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x