एन आई सी एशिया बैङ्कद्वारा QR Merchant Activation योजना सार्वजनिक

एन आई सी एशिया बैङ्कले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो QR कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको QR Merchant Activation योजना सार्वजनिक गरेको छ । डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्‍याउने हेतुले बैङ्कले ल्याएको यो योजना २०८० आषाढ मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलो पटक भुक्तानी लिने मर्चेन्टहरू मात्र सो योजनामा समावेश हुनेछन् । देशभर २ लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिति जनाइसकेको सो बैङ्कले QR भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत आकर्षक लाभको व्यवस्था गरेको छ ।

सो योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौँ सुपर मार्केटको तर्फबाट रु. २ हजार बराबरका १० वटा ह्याम्पर, Tricot Industries को तर्फबाट ५–५ हजार बराबरको १०० वटा भौचर, Hard Rock Cafe को तर्फबाट १० वटा Non-Veg BBQ भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान Rice Cooker, Breakfast Maker तथा Hand Blender र सिजी डिजिटलको तर्फबाट एक–एक थान Mixer Grinder, Induction Cooker तथा Dry Iron को व्यवस्था गरेको छ । साथै, बैङ्कले Tranquility Spa को तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटेलको तर्फबाट दुई–दुई हजारका ५ वटा भौचर, अपटाउन रेस्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटेलको तर्फबाट दुई–दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ । यसरी उपलब्ध फाइदाहरू बैङ्कले २०० मर्चेन्टहरूलाई निजहरूको कारोबार रकम र कारोबार सङ्ख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन् । सो योजना अनुसार सो बैङ्कले राखेको Fonepay QR कोडमार्फत असार मसान्तसम्ममा पहिलो QR भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले एक पटक वा पटक पटक गरी रु। २०० भन्दा माथिको भुक्तानी लिँदा कुल रु। १०० क्यासब्याक प्राप्त गर्नेछन् ।

सो बैङ्कको QR मर्चेन्ट बन्न चाहनुहुने इच्छुक व्यवसायी तथा कम्पनीहरूले बैङ्कको वेबसाइट भित्र Apply Now आइकनमा ट्याप गरी उपलब्ध विकल्पहरूमध्ये Be a merchant बाट अनलाइन आवेदन दिन सक्नेछन् । मुलुकमा भुक्तानीको माध्यम बिस्तारै नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबिच बैङ्कको सो मर्चेन्ट प्रोत्साहन योजनाले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x