नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई  प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (Best Presented Annual Report Award,2022)  मा विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैङ्क Gold Award बाट सम्मानित भएको छ । सो पुरस्कारबाट मुक्तिनाथ बैङ्क आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरी लगातार चौथो पटक पुरस्कृत भएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले Best Presented Annual Report Award विभिन्न ४ विधामा प्रस्तुत गरेको सो बैङ्कले जानकारी दिएको छ । विधाहरूमा १. बैंकिङ्ग क्षेत्र (वाणिज्य बैङ्क समूह) २. वित्तीय क्षेत्र( अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरू ) ३. शक्ति र ऊर्जा क्षेत्र  ४.निर्माण क्षेत्र रहेका छन् । विकास बैङ्क र वित्त कम्पनीहरू मध्येबाट मुक्तिनाथ विकास बैङ्कले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको सो बैङ्कले बताएको छ । गत शुक्रवार , काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैङ्कलाई दिने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरेको सो बैङ्कले जानकारी दिएको छ ।
 
मुक्तिनाथ विकास बैङ्कले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा लगातार चौथो पटक पुरस्कृत
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            