एन आई सी एशिया बैङ्कका ग्राहकहरूलाई लेट मेइनका विभिन्न सेवाहरू र कोरियन प्रोडक्टहरुमा विशेष छुट उपलब्ध

एन आई सी एशिया बैङ्कका ग्राहकहरूलाई काठमाडौँ नयाँ बानेश्वर, महाराजगन्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मेइन (Let Mein) मा विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यस सम्झौतापछि सो बैङ्कका ग्राहकहरूले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरू (Hair transplant, Facial, Anti-aging treatment, Scar treatment, Acne treatment, Hyperbaric oxygen therapy) मा १० प्रतिशत र कोरियन उत्पादनहरूमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लेट मेइनसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैङ्कले विश्वास लिएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x