नेपाल बैङ्क र एसियाली विकास बैङ्क बिच व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौता

नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाल बैङ्क लिमिटेडले एशियाली विकास बैङ्क (ADB) सँग ADB को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम (ADB TSCFP) अन्तर्गत सम्झौता गरेको छ । कार्यक्रमले व्यापार वित्तीयको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्‍याउने छ । २०२२ मा ADB TSCFP ले गरेको १०,००० भन्दा बढी व्यावसायिक कारोबारहरू मार्फत ७.७ बिलियन डलर भन्दा बढीको व्यापारिक सहयोग मध्ये ६०% भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए ।

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड ADB TSCFP सँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैङ्क भएको छ र सो सम्झौताले २०० भन्दा बढी देशहरूबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्नेछ । नेपाल बैङ्क लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एशियाली विकास बैङ्क (ADB) सँग सो सम्झौता हुन सम्भव भएको हो ।

सम्झौतामा ADB TSCFP का प्रमुख स्टिभन बेक, नेपाल बैङ्क लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले “हामी एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय सम्झौता गर्न पाउँदा खुसी छौँ र हामीले साना तथा मध्यम प्रकृतिका व्यवसायी बिच हाम्रो उपस्थितिलाई अझ बढाउँदै हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौँ ।“ भन्ने धारण व्यक्त गर्नुभयो । उक्त समारोहमा एडिबि नेपाल रेसिडेन्ट मिशनका प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x