वाणिज्य बैङ्कहरूको नाफा ४१ अर्ब रुपैयाँ अधिक, कुन वाणिज्य बैङ्कको नाफा कति ?

चालु आर्थिक वर्षको माघसम्म आइपुग्दा वाणिज्य बैङ्कहरूले ४१ अर्ब रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। माघ महिनासम्म २२ वटा वाणिज्य बैङ्कहरूले ४१ अर्ब ०३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । त्यस्तै, सञ्चालनमा रहेका सम्पूर्ण वाणिज्य बैङ्कहरूले औसतमा १ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । तथ्याङ्कलाई आधार मान्दा १२ वटा वाणिज्य बैङ्कहरूको मुनाफा औसत भन्दा धेरै रहेको छ ।

माघ अन्त्यसम्म आइपुग्दा सर्वाधिक नाफा कमाउन नबिल बैङ्क अगाडि

समीक्षा अवधिमा ४ अर्ब भन्दा बढी नाफा कमाउन नबिल बैङ्क सफल भएको छ । भने ३ अर्ब भन्दा बढी नाफा कमाउन कुल ३ वाणिज्य बैङ्कहरू, २ अर्ब भन्दा बढी नाफा कमाउन कुल ३ वाणिज्य बैङ्कहरू र १ अर्ब भन्दा बढी नाफा कमाउन कुल १२ वटा वाणिज्य बैङ्कहरू सफल भएका छन्। चालु आर्थिक वर्षको माघ सम्ममा २२ वटा वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक नाफा कमाउने वाणिज्य बैङ्क नबिल बैङ्क लिमिटेड भएको छ । नबिल बैङ्कले ४ अर्ब १३ करोड नाफा कमाएको तथ्याङ्कले जनाएको छ।


नबिल बैङ्क पश्चात् सर्वाधिक नाफा आर्जन गर्न एनआईसी एशिया बैङ्क र ग्लोबल आइएमई बैङ्क सफल भएका छन्। एनआईसी एशिया बैङ्कको नाफा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैङ्कको नाफा ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यता सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्कले ३ अर्ब ०६ करोड रुपैयाँ नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले सोही अवधिमा २ अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

एनएमबि बैङ्कले २ अर्ब २३ करोड नाफा गर्दा  स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले २ अर्ब ०२ करोड, प्राइम कमर्सियल बैङ्कले १ अर्ब ९९ करोड, एभरेष्ट बैङ्कले १ अर्ब ८८ करोड, नेपाल बैङ्कले १ अर्ब ७० करोड, प्रभु बैङ्कले १ अर्ब ६६ करोड, सानिमा बैङ्कले १ अर्ब ५३ करोड, कुमारी बैङ्कले १ अर्ब ५० करोड, सिद्धार्थ बैङ्कले १ अर्ब ४५ करोड, नेपाल एसबिआई बैङ्कले १ अर्ब ३८ करोड, हिमालयन बैङ्कले १ अर्ब २९ करोड, लक्ष्मी बैङ्कले १ अर्ब २८ करोड, माछापुच्छ्रे बैङ्कले १ अर्ब १७ करोड मुनाफा आर्जन गरेको तथ्याङ्कले देखाएको छ।

त्यस्तै सिटिजन्स बैङ्कले १ अर्ब ०२ करोड नाफा गर्दा सन्राइज बैङ्क, सिभिल बैङ्क र कृषि विकास बैङ्कले १ अर्ब भन्दा कम नाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा सर्वाधिक कम नाफा गर्ने वाणिज्य बैङ्कमा कृषि विकास बैङ्क लिमिटेड रहेको छ। उक्त बैङ्कले १० करोड रुपैयाँ नाफा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x