कृषि विकास बैङ्क लि.ले घरघरमा डाक्टर प्रा. लि. को बैङ्किङ कारोबार गर्ने

कृषि विकास बैंक लि.ले व्यावसायिक विविधता कायम गर्दै बैङ्किङ बजारमा आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै लगेको छ । कृषि र विकास जोडिएको सो बैङ्कले आधुनिक बैङ्किङका सबै सेवाहरू प्रवाह गरी रहेको छ । सरकारी बैङ्कहरूमा कृषि कर्जाको लागि उत्कृष्ट रहेको सो बैङ्कले गैर कृषि व्यवसायमा समेत दक्षता हासिल गरी कार्य गरी रहेको छ । प्रतीत पत्र, बैंक जमानत, सुन खरिद विक्री, विदेशी मुद्रा कारोबार लगायत सबै प्रकारका विद्युतीय बैङ्किङ व्यवसायमा अग्रसर रहेको छ । हालै सो बैङ्क र घरघरमा डाक्टर प्रा. लि. बिच व्यावसायिक सहकार्यको सम्झौता भएको छ । घरघरमा डाक्टर प्रा. लि. ले रोग निधान तथा प्रतिरक्षाका लागि सर सल्लाह सहितको उपचारको प्रबन्ध गर्दछ भने कृषि विकास बैंक लि. घरघरमा डाक्टर प्रा.लि. का ग्राहकहरूको रु पाँच लाखको दुर्घटना बीमा सहितको बैंक खाता खोली कारोबारमा सहजता कायम गर्दछ । घरघरमा डाक्टर प्रा. लि. का अध्यक्ष हेमा जि.सि र कृषि विकास बैंक लि.का उप-महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी कारोबारको विधिवत् सुरुवात गरेका छन् । सम्झौता पत्र आदान प्रदान गदै घरघरमा डाक्टर प्रा.लि का अध्यक्ष जि.सि ले सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वाभाविक रूपमा दुवैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा उपचार पद्धतिका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न सकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने कुरा व्यक्त गर्नु भयो । कृषि विकास बैंक लि.सँग कारोबार गर्दा थप गौरव महसुस गर्दै आजको सरकारी बैंक अन्य निजी क्षेत्रका बैंक भन्दा अब्बल रहेको र बैङ्किङ कारोबार तथा ग्राहक सेवामा समर्पित रहेकोले कृषि विकास बैंक लि.सँग बैङ्किङ कारोबार गर्न घरघरमा डाक्टर प्रा. लि. तत्पर रहेको कुरा उल्लेख गर्नु भयो ।

बैङ्कका उप-महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले घरघरमा डाक्टर प्रा. लि. का देश भरी रहेका सेवाग्राही, प्रा.ली.का कर्मचारीको तलब बचत खाता लगायत कर्जा, बैंक जमानत तथा प्रतीत पत्र कारोबार समेत बैङ्कले गर्ने गरी भएको सम्झौताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै बैंक सधैँ ग्राहक सेवामा समर्पित रही गुनासो रहित सेवा प्रदान गर्न तत्पर रहेको कुरा बताउनु भयो ।

बैङ्किङ बजारमा सरकारी बैङ्कको कारोबारका सम्बन्धमा सकारात्मक धारणा सृजना हुँदै गइरहेको र सरकारी बैंक नै देशको बैङ्किङ सेवाको मेरुदण्ड हुने गरी यो सम्बन्धलाई थप मजबुत बनाई दिगो प्रभावकारी कारोबार गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यो सम्झौतामा बैङ्कले घरघरमा डाक्टर प्रा. लि. का सेवाग्राहीहरूको रु ५ लाख बराबरको दुर्घटना बीमा सहितको बैंक खाता खोल्ने छ भने घरघरमा डाक्टर प्रा. लि. का कर्मचारीहरूका लागि विना धितो कर्जा दिनेछ । सो अतिरिक्त तलब खातामा बैङ्कका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने छ । घरघरमा डाक्टर प्रा.लि.ले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैङ्कका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैङ्कले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ ।

सम्झौता समारोहमा बैङ्कका ब्रान्ड एम्बेस्डर जितु नेपाल, बैङ्कको मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख वीना शर्मा, सेन्ट्रल अपरेसन विभागका विभागीय प्रमुख मीन राज पोखरेल लगायत घरघरमा डाक्टर प्रा. ली. का कर्मचारीहरू र बैङ्कको मार्केटिङ तथा सेल्स विभागका कर्मचारीहरूको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x