ग्लोबल आइएमई बैङ्क लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेसन स्थापना गरेको छ । बैङ्कले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरेको हो ।
आज बिहीबार आयोजित एक विशेष कार्यक्रमका बिच बैङ्कका सञ्चालक कृष्ण प्रसाद शर्मा, बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेसनको समुद्घाटन गर्नुभयो । गाडी चार्ज प्रा लि सँगको सहकार्यमा बैङ्कले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।
उक्त चार्जिङ स्टेसनमा बैङ्कमा सेवाको लागि आउने ग्राहक र बैङ्कको कर्मचारीहरूलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसँगै बैङ्कमा आउने ग्राहकहरूको सवारी साधनलाई लक्षित गरी बैङ्कले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
उक्त कार्यक्रममा बैङ्कका सञ्चालक शर्माले बैङ्कले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल इभी सवारी साधनको प्रवर्द्धनको एक पहलको रूपमा यस चार्जिङ स्टेसनको स्थापना गरेको जानकारी दिनुभयो । साथै, बैङ्कले आफ्नो व्यवसाय विस्तार सँगै वातावरणमैत्री उपायहरू अवलम्बन गरिरहेको समेत उल्लेख गर्नुभयो ।
साथै, बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैङ्क वातावरण संरक्षण र उत्तरदायी बैङ्कप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ग्लोबल आइएमई बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार बिरुवा रोपण गरिरहेको बताउँदै बैङ्कले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताउनुभयो । उहाँले ग्लोबल आइएमई बैङ्कले सञ्चालन गरेको इभि चार्जिङ स्टेसन अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बैङ्कका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रा.लि.को प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो । साथै ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कद्वारा इभि चार्जिङ स्टेसन सञ्चालन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
