ज्योति विकास बैङ्कद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

ज्योति विकास बैङ्कले बैङ्कको १५औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तीकरण लगायतका विभिन्न क्षेत्रहरूमा सहयोग पुर्‍याउने हेतुले उक्त कार्यहरू गरिएको हो।

शारीरिक तवरले फरक बालबालिकाहरूका लागि कृत्रिम हात प्रदान गर्न Enable Nepal सँग सहकार्य गर्न बैङ्कले सम्झौता गरेको छ । Enable Nepal सँगको सहकार्यमा बैङ्कले १५ जना बालबालिकाहरूलाई 3D Printed Prosthetic Hands प्रदान गर्नेछ । यी हातले बालबालिकालाई दैनिक जीवनका सामान्य कामहरू गर्न मद्दत पुर्‍याउनेछ र समान अवसर प्राप्ति गरी जीवन गुणस्तर परिवर्तनमा सहयोग हुनेछ । ज्योति विकास बैङ्कका तर्फबाट बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा Enable Nepal का अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।

विगत ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको Phect Nepal सँगको सहकार्यमा बैङ्कले १५ विभिन्न ठाउँहरूमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूको आयोजना गर्न सम्झौता गरेको छ। Phect Nepal को प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता  विभिन्न कार्यक्रमहरू बैङ्कले गर्ने प्रतिबद्धता सहितको सम्झौता गरेको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा Phect Nepal का कार्यकारी निर्देशक गौरी प्रधान ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।

वार्षिकोत्सवको अवसरमा बैङ्कको धनगढी शाखाले हरियाली प्रवर्द्धनको लागि वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरेको छ। धनगढी उप–महानगरपालिकासङको समन्वयमा बैङ्कले वृक्षारोपण गरेको हो । सोही वार्षिकोत्सवको अवसरमा बैङ्कको मुर्गिया शाखाले सैनामैना नगरपालिकाको वडा नं ५, ६ र ७ का सार्वजनिकस्थानहरुका लागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायको लागि बैङ्कको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरेको हो।

सोही अवसरमा बैङ्कको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरेको थियो। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ग्राहक, कर्मचारी लगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । करिब ७५ जनाले उक्त कार्यक्रममा रक्तदान गरेका थिए ।

वार्षिकोत्सवमा बैङ्कले लमजुङस्थित अपाङ्ग संरक्षण समाजसँगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायता सामाग्रीहरू प्रदान गरेको छ । बेसीशहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैङ्कले उक्त सहायता सामाग्रीहरू वितरण गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x