उपकार लघुवित्तको नाफामा भारी गिरावट

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ९४.८८ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले २ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १५ लाख २६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब ०९ करोड निक्षेप सङ्कलन गरी १ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ७२ करोड ०२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ११ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

उपकार लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर ८ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ५.७४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ २२ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. १२७५ को आधारमा मूल्य आम्दानी अनुपात ६६४.०६ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x