
बैङ्किङ प्रणालीमा देखिएको अत्यधिक तरलतालाई नियन्त्रणमा लिन नेपाल राष्ट्र बैङ्कले पुनः निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी गरेको छ।
केन्द्रीय बैङ्कको अनुसार यसका लागि बुधवार दिउँसो ३ बजे अनलाइन मार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। सहभागी हुन चाहने बैङ्क तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ देखि अधिकतम सीमा भित्र रही ५ करोडले भाग जाने गरी रकम प्रस्ताव गर्न सक्नेछन्।
निक्षेप सङ्कलन ब्याजदरका आधारमा गरिनेछ भने बहु ब्याजदरमा पनि प्रस्ताव पेस गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैङ्कका अनुसार यो ५६ दिने उपकरणमार्फत सङ्कलित रकमको साँवा तथा ब्याज जेठ २७ गते भुक्तानी गरिनेछ। पछिल्लो समय कर्जा विस्तार सुस्त रहँदा बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएको अवस्थामा केन्द्रीय बैङ्कले यस्तो कदम चालेको हो।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
