विजय लघुवित्तको खुद ब्याज आम्दानीमा २६.७७ प्रतिशतको गिरावट

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६६.७४ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको विजय लघुवित्तले १ अर्ब १२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले जगेडा कोषमा ११ करोड ७२ लाख रुपैयाँ र सञ्चित मुनाफा १७ करोड ९३ लाख रहेको छ ।


विजय लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.७७ प्रतिशतले घटेर १३ करोड ५० लाख रुपैयाँ रहेको छ भने लघुवित्तको वितरणयोग्य मुनाफा ९७ लाख २७ हजार रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.९१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ७० पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ९६६ को आधारमा मूल्य आम्दानी अनुपात ७३.०७ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x