ग्लोबल आइएमई बैङ्क लिमिटेड आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैङ्क तथा वित्तीय संस्थाको रूपमा सम्मानित भएको छ ।
नेपाल राष्ट्र बैङ्कको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैङ्क तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैङ्क सम्मानित भएको हो ।
राष्ट्र बैङ्क केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रवार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ ।
विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैङ्क तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।
बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
 
सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैङ्कमा ग्लोबल आइएमई सम्मानित
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    