सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि MDRT | COT | TOT मा योग्य एजेन्सी म्यानेजरहरूका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत नीराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरूको उपस्थिति रहेको थियो ।
२०२५ को लागि कम्पनीबाट १ जना TOT , २ जना COT र २४ जना MDRT को लागि योग्य हुनुभएको छ । TOT को  लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक TOT  भइसक्नुभएको छ । साथै, रण बहादुर तामाङ पहिलो पटक COT को लागि योग्य हुनुभएको छ भने नारायण बहादुर गुरुङ दोस्रो पटक  COT को लागि योग्य हुनुभएको हो ।
विश्वभरिका अभिकर्ताहरू माझ Million Dollar Round Table (MDRT)  निक्कै नै प्रख्यात छ । यस मञ्चमा तोकिएका मापदण्डहरू पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरूको वार्षिक रूपमा उपस्थिति रहने गर्दछ । सन् २०२५का लागि MDRT को लक्ष्य रु. ४६ लाख ९२ हजार ९००, COT को लागि रु. १ करोड ४० लाख ७८ हजार ७०० र TOT को  लागि रु. २ करोड ८१ लाख ५७ हजार ४०० तोकिएको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सी म्यानेजरहरूलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढी सहभागिता बढाउनको लागि कम्पनीबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताउनु भएको थियो ।
 
सानिमा रिलायन्सले उत्कृष्ट एजेन्सी म्यानेजरहरूलाई सम्मान गर्यो
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            