संस्थापक सेयर कारोबारको स्वीकृति लिन प्रहरी रिपोर्ट अनिवार्य

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको संस्थापक सेयर कारोबारको सम्बन्धमा स्वीकृति माग गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन पेस गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई कम गर्न नयाँ निर्देशन जारी गरेको हो । प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरूलाई थप प्रभावकारी बनाउन तथा बीमा  क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्न ६ बुँदे  निर्देशन दिएको छ।

एक प्रतिशत भन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृत माग गर्दा खरिदकर्ताको प्रहरी प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ भने बीमालेखमा हित ग्राही/ मनोनीत उल्लेख गर्दा निजको पहिचान सम्बन्धी कागजात (नागरिकता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ।


बीमालेखमा हित ग्राही/मनोनीत उल्लेख गर्दा सो व्यक्ति उच्च राजनैतिक व्यक्ति भए नभएको यकिन गर्नुपर्ने प्राधिकरणले भनेको छ।  २५ लाख भन्दा बढी बीमांक कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छ्याएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्ने प्राधिकरणको निर्देशनमा छ।

बीमाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि 'फिट एण्ड प्रपर टेष्ट' गर्दा निजको आपराधिक पृष्ठभूमि बारे जानकारी लिन प्रहरी प्रतिवेदन  रिपोट अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, बीमकका कर्मचारी तथा बीमा अभितर्काका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम, अभिमुखीकरण सङ्ख्या बढाउनु पर्ने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x