नेपाल बीमा प्राधिकरणद्वारा मौज्दात रकम बैङ्कमा लगानीको तयारी, दरभाउ पत्र आह्वान


नेपाल बीमा प्राधिकरणले आफ्नो मौज्दात रकम वाणिज्य तथा विकास बैङ्कका मुद्दती निक्षेपमा लगानी गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरणले बैङ्कहरूबाट सिलबन्दी दरभाउ पत्र (बोलपत्र) आह्वान गरेको हो।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार, बैङ्क मौज्दात लगानी नीतिअनुरूप विभिन्न बैङ्कहरूमा रकम राख्न ७ दिनभित्र दरभाउ पत्र पेस गर्न अनुरोध गरेको छ। इच्छुक बैङ्कहरूले आफूले प्रस्ताव गर्न सक्ने अधिकतम ब्याजदर उल्लेख गरी सम्बन्धित वित्तीय विवरणसहित प्रस्ताव पेस गर्नुपर्नेछ।

पेस गरिने दरभाउ पत्रको मान्य अवधि कम्तीमा १५ दिन रहनेछ। साथै, बैङ्कहरूले मुद्दती निक्षेपमा प्रस्तावित ब्याजदरसँगै अन्तिम त्रैमासिक वित्तीय विवरण, पछिल्ला तीन वर्षको नाफा–नोक्सान विवरण, निष्क्रिय सम्पत्ति, कर्जा–निक्षेप अनुपात, स्थापना वर्ष र पुँजी पर्याप्तता अनुपातसमेत खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ।

यद्यपि, प्राधिकरणले यस पटक बैङ्कहरूमा लगानी गर्न लागिएको कुल रकमको परिमाण भने खुलाएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x