आजसम्म कायम शेयर धनिले अजोड इन्स्याेरेन्स लिमिटेडको विशेष साधारण सभामा भाग लिन पाउने

अजोड इन्स्याेरेन्स लिमिटेडले यही मङ्सिर ०९ गते विशेष साधारण सभा गर्ने भएको छ। कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि मङ्सिर ०२ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा  मङ्सिर ०१ गतेसम्म (आज सम्म) कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले विशेष साधारण सभा लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।


सभाले समयानुकूल पुँजी वृद्धिको आवश्यकतालाई मध्यनजर गरी अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्न/गाभिनको लागि कम्पनीको पहिचान तथा छनोट गर्ने र मर्जर अध्ययन कमिटीको गठन बारेकाे निर्णय अनुमाेदन गर्नेछ ।

कम्पनीले एक आपसमा गाभ्न/गाभिन तथा प्राप्ति गर्ने प्रयोजनका लागि कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरू नियुक्ति गर्ने र निजहरूको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x