रिलायबल लाइफ इन्स्याेरेन्स लिमिटेडकाे पाँचाैँ वार्षिक साधारण सभा सम्पन्न

 
रिलायबल लाइफ इन्स्याेरेन्स लिमिटेडले कार्तिक ६ गते (आज) पाँचाैँ वार्षिक साधारण सभा सम्पन्न गरेकाे छ। कम्पनीले साधारण सभा लिसरा व्यांकेट, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११:३० बजे देखि आरम्भ भएकाे बताएकाे छ।

 

कम्पनीले सञ्चालक समितिको पाँचाैँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेकाे छ। त्यसका साथै, कम्पनीले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल गरी पारित गरेको छ भने कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिककाे पनि निर्धारण गरेकाे छ।

त्यस्तै, कम्पनीले सञ्चालक नियुक्तिकाे अनुमोदनकाे साथ-साथै कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारण शेयर ३० प्रतिशत अर्थात १ अर्ब २० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पनि साेही सभाले पारित गरेकाे छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x