आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ज्येष्ठ महिनामा उल्लेखनीय व्यापारिक वृद्धि हासिल गरेको छ। यस उपलब्धिले कम्पनीको जीवन बीमा सेवा विस्तारप्रतिको दृढ प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
नेपाल बीमा प्राधिकरणद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, आईएमई लाइफ हाल देशभरका जीवन बीमा कम्पनीहरूमध्ये छैटौँ स्थानमा उभिएको छ।
कम्पनीले ज्येष्ठ महिनामा मात्रै रु. २२ करोड ६० लाख बराबरको पहिलो बीमा शुल्क (First Premium Income) सङ्कलन गर्दै उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्न सफल भएको हो।
यस सफलताको मूलमा शाखा प्रमुखहरू, प्रदेशस्तरीय नेतृत्व, हजारौँ अभिकर्ताहरूको समर्पित मिहिनेत, र देशभरका बीमितहरूको गहिरो विश्वास रहेको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख बजार अधिकृत श्री इन्द्रराज सुबेदीका अनुसार:
“यो सफलताको पछाडि हाम्रो समर्पित टिमको रणनीतिक योजना, निरन्तर परिश्रम र ग्राहक–केन्द्रित सोचले महत्त्वपूर्ण भूमिका खेलेको छ। हामी बीमाको पहुँचलाई अझ विस्तार गर्दै ग्राहकहरूको विश्वास जित्न निरन्तर लागिरहेका छौँ।”
आईएमई लाइफ इन्स्योरेन्सले हाल सञ्चालनमा रहेको चालु आषाढ महिनामा अझ सशक्त परिणामहरू ल्याउने अपेक्षा राखेको छ।
ज्येष्ठ महिनामा आईएमई लाइफको बीमा शुल्क सङ्कलन २२ करोड पुग्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
