धितोपत्र बजारमा दोहोरो अङ्ककाे गिरावट, नेप्से २५७२.२६ को विन्दुमा | NEPSE



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव ४१ अंकले घटेर २५७२ दशमलव २६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ५५ अंकले घटेर ४७९ दशमलव ३९ को विन्दुमा पुगेको छ ।

आज कूल २३२ कम्पनीका ८९ लाख २३ हजार ०१४ कित्ता शेयर रु ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य निर्जीवन बीमा १३२.७७ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह २१ दशमलव ०२ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ५५ दशमलव ८२ अङ्कले, होटल तथा पर्यटन उपसमूह ६६.४२ अङ्कले, विकास बैंक उपसमूह १४२.९८ अङ्कले, जलविद्युत उपसमूह ७६.२४ अङ्कले, वित्त उपसमूह ६२.२५ अङ्कले, उत्पादन उपसमूह १४७.६ अङ्कले, अन्य उपसमूह ८२.८४ अङ्कले, लघुवित्त उपसमूह ३९.७१ अङ्कले, जीवन बीमा उपसमूह ९८.६१ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १३ अङ्कले र लगानी उपसमूह १.३६ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x