यातायात व्यवस्था कार्यालय हेटौँडाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा ४५ करोड ६६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रमुख प्रवीण श्रेष्ठका अनुसार, साउनदेखि चैत महिनासम्म सवारी दर्ता, चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा नवीकरण लगायतका सेवाबाट यो आम्दानी भएको हो।
यस अवधिमा चालक अनुमति पत्र वितरणबाट सात करोडभन्दा बढी, सवारी करमार्फत २८ करोडभन्दा बढी, यातायात सेवा शुल्कबाट सात करोड १५ लाख र सङ्घीय तहमा तीन करोडभन्दा बढी राजस्व सङ्कलन गरिएको छ।
कार्यालयले सोही अवधिमा ४,३५१ नयाँ सवारी दर्ता गरेको छ, जसमा मोटरसाइकल, ट्याम्पो/ई–रिक्सा, साना–ठुला सवारी तथा ट्र्याक्टर समावेश छन्। त्यस्तै, ५,३५९ जनालाई नयाँ तथा वर्ग थप गरी सवारी चालक अनुमति पत्र प्रदान गरिएको छ।
पछिल्लो वर्षको तुलनामा यस वर्ष राजस्व सङ्कलन केही घटेको देखिए तापनि सेवा विस्तार र सवारी सङ्ख्या दर्तामा उल्लेख्य प्रगति भएको कार्यालयले जनाएको छ।
हेटौँडा यातायात कार्यालयले नौ महिनामा ४५ करोडभन्दा बढी राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
