बागमती प्रदेशले १० महिनामा ३१ अर्ब भन्दा बढी राजस्व सङ्कलन गर्‍यो


बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

प्रदेश सरकारका अनुसार घरजग्गा रजिस्ट्रेसन शुल्क र सवारीसाधन कर राजस्वको प्रमुख स्रोतका रूपमा रहेका छन्। घरजग्गा रजिस्ट्रेसन तथा सवारी कर शीर्षकसहितको बाँडफाँटबाट साउनदेखि वैशाखसम्म २० अर्ब १ करोड ३ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालका अनुसार सोही अवधिमा सङ्घीय सरकारबाट समानीकरण अनुदान मार्फत ७ अर्ब ९४ करोड २७ लाख ५६ हजार रुपैयाँ प्राप्त भएको छ। यस्तै, प्रदेश सरकारको आन्तरिक स्रोतबाट ३ अर्ब २४ करोड ५२ लाख ४१ हजार रुपैयाँ राजस्व उठेको उल्लेख गरिएको छ।

उहाँको अनुसार आर्थिक तरलताको प्रभावका कारण घरजग्गा तथा नयाँ सवारीसाधनको खरिद–बिक्रीमा कमी आउनु, साथै गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा राजस्व सङ्कलन गर्ने निकायहरूमा पुगेको क्षति लगायतका कारण अपेक्षाअनुसार राजस्व उठ्न नसकेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x