अर्थतन्त्र सुधारका लागि नीतिगत परिवर्तनका लागि पहल गरिरहेका छौ, वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताउनुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६४औँ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको पदस्थापन कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउन सकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने समेत बताउनुभयो । 

उहाँले कसैको व्यक्तिगत एजेण्डा भन्दा माथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने बताउनुभयो ।

ढकालले भन्नुभयो, “अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ । यसलाई सबैको जित हुने गरी तार्किक निकर्षमा पुर्‍याउनुपर्ने अवस्था छ । व्यक्तिको भन्दा पनि हाम्रो एजेण्डाको जित हुनुपर्छ । निजी क्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नुपर्नेछ । यसकालागि हामीले नेपाल राष्ट्र बैङ्क र नेपाल सरकारसँग बारम्बार कुरा गरिरहेका छौँ । यसलाई निकर्षमा पुर्‍याउने गरी महासङ्घ लागिरहेको छ ।

”बैङ्कको ब्याजदर को कुराको सन्दर्भमा आफूहरूले राष्ट्र बैङ्कसँग बारम्बार छलफल गरिरहेको बताउनुभयो ।

उहाँले तिन वटै तहका सरकारहरू निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरू द्रूतरुपमा अगाडि बढ्न सक्ने बताउनुभयो ।

निकट भविष्यमा नै महासङ्घको नेतृत्व लिन लाग्नुभएका ढकालले खुल्ला सिमाका कारण भैरहवालगायत सिमाक्षेत्रका व्यवसायीहरू मर्कामा परेको बताउनुभयो । 

उहाँले खुल्ला सिमामा हुने अनौपचारिक कारोबारलाई दुरुत्साहन गरी व्यवसायीहरूको संरक्षणका लागि आफूले पहल गर्ने समेत बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x