
कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को साउन देखि चैत्र मसान्तसम्म रु ६ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ। यो वार्षिक लक्ष्यको करिब ६५.१५ प्रतिशत मात्र हो।
कार्यालयका अनुसार सो अवधिमा भन्सार महसुलबाट रु २ अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करबाट रु २ अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कबाट रु ११ करोड ९९ लाख र अन्य शीर्षकबाट रु १ अर्ब ३९ करोड ५ लाख राजस्व उठाइएको छ।
चालु आ. व. का लागि कार्यालयलाई रु ९ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको भए पनि नौ महिनाको प्रगति अपेक्षाभन्दा कम देखिएको छ। चैत महिनाबाहेक अन्य कुनै पनि महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको जनाएको छ।
महिनागत रूपमा हेर्दा साउन, भदौ र असोजमा लक्ष्यभन्दा निकै कम सङ्कलन भएको छ भने कात्तिकदेखि फागुनसम्म पनि लक्ष्य पूरा हुन सकेको छैन।
गत आर्थिक वर्ष २०८१/८२ मा भने कार्यालयले रु ११ अर्ब १६ करोड २६ लाख लक्ष्यमध्ये रु ८ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन गरेको थियो, जुन लक्ष्यको ७७.६७ प्रतिशत हो।
कैलाली भन्सारको राजस्व ६५.१५% मात्रै, लक्ष्यभन्दा अझै पछाडि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
