
नेपाली बजारमा सुनको मूल्यले उल्लेखनीय उछाल लिएको छ। सोमबार सुनको भाउ एकै दिन ४ हजार ६०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ थियो।
यस सँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।
सुनको मूल्यमा एकै दिन ठुलो उछाल, तोलामा ४ हजार ६०० रुपैयाँ वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%
0.00%
0.00%
0.00%
100.00%
0.00%
