
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ४४ अङ्कले घटेर २६२० दशमलव ३९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ५१ अङ्कले घटेर ४४१ दशमलव ४९ को विन्दुमा पुगेको छ ।
आज कूल ३२२ कम्पनीहरूका २ करोड १९ लाख ५ हजार ३११ कित्ता शेयर रु. ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३१५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह १ दशमलव ४३ अङ्कले,  विकास बैङ्क उपसमूह ३ दशमलव २३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३.१७ अङ्कले, उत्पादन उपसमूह ४४.१३ अङ्कले, निर्जीवन बिमा उपसमूह २८.५९ अङ्कले बढेका छन् । यता, वित्त उपसमूह ३१ दशमलव ३८ अङ्कले घट्दा जलविद्युत उपसमूह ३.३९ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ९८ अङ्कले, जीवन बिमा उपसमूह ३६.७० अङ्कले, लघुवित्त उपसमूह ११.९१ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले, अन्य उपसमूह शून्य दशमलव ५२ अङ्कले र ट्रेडिङ उपसमूह ३८.१८ अङ्कले घटेका छन् ।
 
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ३.४४ अङ्कको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    