नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल वैशाख ३१ गते बिहान ९:३० बजे सम्पन्न सञ्चालक समितिको ५५० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८०/०८१ काे मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ सम्म कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. २६ करोड ६ लाख ६ हजार ६५४ रुपैयाँ १० पैसा बराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने रकम रु. ५२ करोड १२ लाख १३ हजार ३०८ रुपैयाँ २० पैसा बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने साथै उक्त नगद र बोनस शेयर लाभांश मा लाग्ने कर रकमका लागि ०.७८९४७३ प्रतिशतका दरले हुन आउने रकम रु. ४ करोड ११ लाख ४८ हजार ४१८ रुपैयाँ ७० पैसा नगद लाभांशबाट समायोजन गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.
नेशनल लाईफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
