आइएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर ५ गते, साेमवारकाे दिन बसेको सञ्चालक समितिको १२७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ६.८४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने ११ करोड ६ लाख ७ हजार ३४२ रुपैयाँ बराबरको बोनस शेयर र शुन्य दशमलव ३४ प्रतिशतले हुन आउने ५८ लाख २१ हजार ४३९ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ६.८४ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने आइएमई जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेकाे छ । आर्थिक वर्ष २०७७/७८ मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.३७ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x