
एनआईसी एसिया बैङ्कले सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। उक्त शेयर आज वैशाख २१ गतेदेखि खुला गरिएको हो।
कानुनी योग्यता पुगेका व्यक्ति तथा संस्थाले बोलपत्रमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। बैङ्कले प्रति कित्ता न्यूनतम मूल्य १६५ रुपैयाँ तोकेको छ, जसअनुसार लगानीकर्ताले सोही मूल्य वा सोभन्दा माथि प्रस्ताव गर्नुपर्नेछ।
आवेदन दिँदा कम्तीमा ५ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ भने अधिकतम रूपमा उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र पेस गर्न काठमाडौँको थापाथलीस्थित एनआईसी एसिया बैङ्क तथा एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै बैङ्कका विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत (वीरेन्द्रनगर) शाखा तोकिएका छन्।
यो लिलामीमा सहभागी हुन इच्छुकले वैशाख २८ गतेभित्र बोलपत्र बुझाइसक्नुपर्नेछ।
एनआईसी एसिया बैङ्कद्वारा सूर्यज्योति लाइफको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक शेयर लिलामीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
