नेपाल इन्स्याेरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

नेपाल इन्स्याेरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल कात्तिक ४ गते, शुक्रवारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ८.४२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ११ करोड ३ लाख १९ हजार ६६४ रुपैयाँ बराबरको बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशतले हुन आउने ५८ लाख ६ हजार २९८ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा ८.४२ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने नेपाल इन्स्याेरेन्स लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेकाे छ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल इन्स्याेरेन्स लिमिटेडले चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.५८ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x