ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आज विशेष साधारण सभा गर्दै

Jyoti Life Insurance Company Limited

 

ज्ञानमाण्डू। ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २४ गते (आज) विशेष साधारण सभा गर्दै छ।

 

कम्पनीले साधारण सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड, पोखरा-१८, कास्कीमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

 

सभाले ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्र (MOU) को मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गर्ने पनि सोही सभाले प्रदान गर्ने छ ।

 

कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णय अनुमोदन गर्नेछ। कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन (Conversion) गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने कम्पनीले जनाएकाे छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x