
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित संस्थापक समूहतर्फका ६३ हजार ८४७ कित्ता हकप्रद शेयर सबै इच्छुक लगानीकर्ताले खरिद गर्न सक्ने गरी पुनः लिलामीमा ल्याएको छ।
कम्पनीले १००ः१० अनुपातमा हकप्रद शेयर निष्कासनपछि बाँकी रहेका उक्त शेयर यसअघि जेठ २९ गतेदेखि असार ८ गतेसम्म साविकका संस्थापक शेयरधनीका लागि मात्रै लिलामीमा राखेको थियो। तर, सो अवधिमा कुनै पनि बोलपत्र नपरेपछि अब सबै व्यक्ति तथा संस्थाले सहभागी हुन पाउने गरी पुनः लिलामी खुला गरिएको हो।
लिलामीमा सहभागी हुन इच्छुकले असार २५ गतेदेखि साउन १ गतेसम्म गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरेको छ। आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र सोभन्दा माथि १० ले भाग जाने सङ्ख्यामा वा उपलब्ध सम्पूर्ण शेयरका लागि बोलपत्र पेस गर्न सकिने व्यवस्था गरिएको छ।
बोलपत्र फाराम बिक्री प्रबन्धक एलएस क्यापिटलको कमलपोखरीस्थित कार्यालयका साथै लक्ष्मी सनराइज बैङ्कका विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीस्थित तोकिएका शाखाबाट प्राप्त तथा बुझाउन सकिने कम्पनीले जनाएको छ।
युनाइटेड अजोड इन्स्योरेन्सको ६३ हजारभन्दा बढी संस्थापक हकप्रद शेयर पुनः लिलामीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
