
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्कासन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ। हकप्रद सेयर निष्कासन १० बराबर ३.४७८३ को अनुपातमा गरिएको हो, अर्थात् हाल रहेका १० कित्ता सेयरधनीले ३.४७८३ कित्ता नयाँ सेयरका लागि आवेदन दिन सक्नेछन्।
यस हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति साउन २६ गतेसम्म तोकिएको छ। बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले निर्धारण गरेको साढे २ अर्ब रुपैयाँको चुक्ता पुँजी पूरा गर्न कम्पनीले हकप्रद सेयरको बाटो लिएको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा, यो हकप्रद निष्कासनपछि थप ६५ करोड ७६ लाख रुपैयाँ वृद्धि भई कुल पुँजी २ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले आफ्नो हकप्रद सेयर निष्कासनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट ए माइनस रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको दायित्व वहन क्षमतालाई औसतभन्दा राम्रो सङ्केत गर्ने बताइएको छ।
 
नेपाल इन्स्योरेन्सको ३४.७८३ प्रतिशत हकप्रद सेयर आज देखि खुल्ला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            