प्राइम लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बाेनश र नगद ?

 

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

बुधबार बसेको १६२ औँ सञ्चालक समितिको बैठकले साे कम्पनीको आ.व २०७७/०७८ को लागि हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँको १३ प्रतिशतले हुन आउने रकम ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बाेनश शेयर र बाेनश शेयरकाे कर प्रयाेजनका लागि १ कराेड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले बताएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x