आज नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले ७४ औँ वार्षिक साधारण सभा गर्दै

नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेडले पौष २२ गते (आज) ७४ औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्नेछ।

सभामा कम्पनीले सञ्चालक समितिको प्रस्तावबमोजिम हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने रकम रु. ११ करोड ३ लाख १९ हजार ६६४ रुपैयाँ बरबरकाे बोनस शेयर र ०.४२११ प्रतिशतले हुन आउने रकम रु. ५८ लाख ६ हजार २९८ रुपैयाँ बरबरकाे नगद लाभांश (कर प्रयाेजनार्थ समेत) आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको ७० औँ  वार्षिक साधारण सभाको निर्णय बमोजिम निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई दिईएकाे सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनका लागि पाैैष ०८ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पाैैष ०७  गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x