प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष १८ गते, बसेको सञ्चालक समितिको २३५ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ६.८४२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ६.५ प्रतिशतले हुन आउने रकम रु. ७ करोड ७० लाख ९९ हजार ४१३ रुपैयाँ २५ पैसा बराबरको बोनस शेयर र शून्य दशमलव ३४२ प्रतिशतले हुन आउने रकम रु. ४० लाख ५७ हजार ८६३ रुपैयाँ ८६ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ६.८४२ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रस्तावित लाभांश नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ७.० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.३६८ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x